आज तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १३ पुस । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);