धरानमा तेस्रो राष्ट्रिय कृषि प्रर्दशनी मेला | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

धरानमा तेस्रो राष्ट्रिय कृषि प्रर्दशनी मेला

krishi mela

सुनसरी, ९ माघ ।  धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी मेला हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाको जानकारी गराएको हो ।

आगामी फागुन १० गतेदेखि ‘कृषि यन्त्र र प्रविधिको उपयोग व्यवसायिक कृषि विकासको आधार’ भन्ने मूल नाराका साथ प्रर्दशनी आयोजना गर्न लागिएको जनाइएको छ ।मेलामा आधुनिक कृषि यन्त्र, सिंचाई प्रविधि, गुणस्तरीय विउविजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसायलगायत कृषि, पशुपालन र त्यसको प्रशोधन तथा बजारीकरणका बारेमा जानकारी दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरु सहभागी हुनेछन ।

४ दिनसम्म चल्ने मेलामा १ सय ५० भन्दा बढि स्टल रहनेछ । मेलामा करिब १० करोडको आर्थिक कारोबार तथा ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);