‘प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिन्छ’ | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

‘प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिन्छ’

काठमाडौं, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभएको हो । उहाँले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । कर छलिको प्रयत्न भएको अथवा कानून विपरित काम भएको पाइएमा कानूनी दायरामा ल्याइने मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्न मन्त्रालय लागिपरेको पनि बताउनु भयो । ऐनमा भएका छिद्रहरुलाई टालेर दूरसञ्चारको क्षेत्रमा समय अनुकुलको विकासलाई अगाडी बढाउने गरी संशोधन गरिने उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);