एनसेल शेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय लिन्छः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

एनसेल शेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय लिन्छः मन्त्री शर्मा

काठमाडौं, १२ पुस ||
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभएको हो । उहाँले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । उहाँले कर छलिको प्रयत्न भएको अथवा कानून विपरित काम भएको पाइएमा कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।
मन्त्री शर्माले छानविन समितिले निर्भिकतापूर्वक र स्वतन्त्रतापूर्वक छानविन गरिरहेको बताउनु भयो । उहाँले समितिले सरोकारवाला सबै निकायहरुसँग समन्वयमा काम गरिरहेको बताउनु भयो । दूरसञ्चार प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम पनि गरिरहेको उहाँको भनाई छ । मन्त्रालयले पनि आवश्यक काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । एनसेल नेपालको स्वामित्वमा आउनुपर्ने विषयमा पनि सरकार गम्भिर रहेको उहाँले बताउनु भयो ।
मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताउनु भयो । उहाँले मन्त्रिपरिषद्बाट सो ऐन संशोधनका लागि सैद्धान्तिक स्वीकृति लिएर काम अगाडी बढाइएको बताउनु भयो । उहाँले ऐनमा भएका छिद्रहरुलाई टालेर र दूरसञ्चारको क्षेत्रमा समय अनुकुलको विकासलाई अगाडी बढाउने गरी संशोधन गरिने जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);