चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउन सरकारलाई निजी क्षेत्रको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउन सरकारलाई निजी क्षेत्रको सुझाव

काठमाडौं, १२ पुस ||
निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन् । बिहीवारबाट काठमाडौंमा शुरु भएको आठौं घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन रहेको बताउनु भयो । उहाँले यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन्द्र मल्लले घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने बताउनु भयो । उहाँले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नीति नियम निर्माणमा ढिलासुस्ती हुँदा कामहरु समयमै पाउन र पूरुा हुन नसकेको बताउनु भयो । पुस १२ देखि १५ गतेसम्म मेला सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ भने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);