मङ्गोलियामा २०२३ मा पशुधनको संख्या ९ प्रतिशतले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

मङ्गोलियामा २०२३ मा पशुधनको संख्या ९ प्रतिशतले घट्यो

एजेन्सी,१२ पुस । मङ्गोलियामा पशुधनको संख्या २०२३ को अन्त्यमा ६४.७ मिलियन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले कम हो ।

देशको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ)का अनुसार बारम्बार हिउँ र आँधी र गम्भीर मौसमी अवस्थाले पशुधनको संख्यामा कमी आएको बताएको छ ।

राष्ट्रव्यापी जनगणनाको प्रारम्भिक नतिजाले कुल पशुधनको ४५.५ प्रतिशत भेडा, ३८.० प्रतिशत बाख्रा, ८.३ प्रतिशत गाईवस्तु, ७.५ प्रतिशत घोडा र ०.७ प्रतिशत ऊँट रहेको देखाएको छ ।

एसियाली मुलुकका २१ प्रान्तहरूमध्ये उत्तरी प्रान्त खुव्स्गुलमा ५.७ मिलियन, मध्य प्रदेश तुभ र अर्खङ्गाईमा क्रमशः ४९ लाख र ४८ लाख पशुधन रहेको छ । मंगोलिया संसारको जीवित घुमन्ते देशहरूमध्ये एक हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);