सेबोनको नयाँ निर्देशन : शेयर लगानीमा थप कडा केवाईसी | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सेबोनको नयाँ निर्देशन : शेयर लगानीमा थप कडा केवाईसी

नेपाल धितोपत्र बोर्ड सेबोनले शेयर कारोबार गर्दा दलाल व्यवसायीहरूले राख्नुपर्ने ग्राहकको विवरण केवाईसीसम्बन्धी व्यवस्था परिमार्जन गरेकोे छ ।

securities board of nepal

काठमाडौं,९ माघ । नेपाल धितोपत्र बोर्ड सेबोनले शेयर कारोबार गर्दा दलाल व्यवसायीहरूले राख्नुपर्ने ग्राहकको विवरण केवाईसीसम्बन्धी व्यवस्था परिमार्जन गरेकोे छ । धितोपत्र दलाल व्यवसायीहरूलाई सहज बनाउन र कारोबारको जोखीम न्यूनीकरण गर्न केवाईसीको व्यवस्था परिमार्जन गरिएको बोर्डले बताएको छ ।

परिमार्जित व्यवस्थामा दलाल व्यवसायीले ग्राहकका सबै उसको परिवारका सदस्यको पेशागत विवरण, बसोवास गर्ने स्थानको नक्सा र इन्भेष्टमेण्ट कम्पनीमा संलग्न भए नभएको विवरण उल्लेख गर्नुपर्ने प्रावधान छन् । साथै धितोपत्र खरीदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानूनअनुसार आर्जन गरेको हुनुपर्ने छ । साथै, कम्पनी तथा संस्थाको हकमा दर्तासम्बन्धी विस्तृत विवरण तथा सम्पर्क व्यक्तिको तीनपुस्ते विवरणलगायत समावेश गर्नुपर्ने छ । यसअघि, धितोपत्र कारोबार गर्दा ग्राहकको सीमित विवरण मात्र भरे पुग्ने व्यवस्था थियो ।

बोर्डले ग्राहकको विवरण नराखेका कारण केही धितोपत्र दलाल व्यवसायीलाई कारबाही गरेको छ । धितोपत्रको कारोबार प्रक्रियालाई थप व्यवस्थित बनाउन र धितोपत्रसम्बन्धी ऐन नियम तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानूनहरूको व्यवस्थाहरूलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न केवाईसीको परिमार्जन गरेको भनाइ छ । यसैले बोर्डले लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी बजारको विकास र धितोपत्र कारोबारमा निहित जोखीमसमेत न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको बताएको छ । यो व्यवस्थाअनुसार सम्बन्धित संस्थाले केवाईसी उपलब्ध गराएर धितोपत्र कारोबारमा संलग्न हुने बोर्डको अपेक्षा रहेको छ ।आजको अभियान दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);