काठमाडौं, पुस १० ||
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ । मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री भइसकेपछि करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताउनु भयो । उहाँले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताउनु भयो । उहाँले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताउनु भयो । उहाँले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताउनु भयो । मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पु¥याएको बताउनु भयो । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताउनु भयो ।
पर्यटनमन्त्रीको दाबीः देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो
ताजा समाचार
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
१७ घन्टा अघि
महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
१९ घन्टा अघि
हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय
१९ घन्टा अघि
आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने
१९ घन्टा अघि