लागूऔषधसहित तामाङ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

लागूऔषधसहित तामाङ पक्राउ

रसुवा,१० पुस । अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।

गोसाईकुण्ड गाउँपालिका–६ ठाडेखोलाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ सय ६८ ग्रामसहित आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी हाकुबाट खटिएको प्रहरीले गोल्जुङवेशीबाट मैलुङतर्फ जाँदै गरेको बा.७६ प ३७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);