बाबुरामको नजरमा प्रचण्ड सरकार : उल्लेख्य प्रगति देखिएन,उत्साहित हुनुपर्ने अवस्था छैन् | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

बाबुरामको नजरमा प्रचण्ड सरकार : उल्लेख्य प्रगति देखिएन,उत्साहित हुनुपर्ने अवस्था छैन्

काठमाडौं, १० पुस । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रचण्ड नेतृत्वको सरकारको १ वर्षे कार्याकालको मुल्यांकनबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा मंगलबार उनले लेखेका छन्,‘सरकारको एकबर्षे कार्यकालको मूल्यांकन गर्दा खाशै उत्साहित हुनुपर्ने अवस्था नरहेको जोकसैले स्वीकार्न करै लाग्छ !’

सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णता लगायतमा उल्लेख्य प्रगति नदेखिएको भन्दै त्यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने दल र व्यक्तिले लिनुपर्ने धारणा राखेका छन् ।

निर्वाचन/शासकीय प्रणालीको सुधार गरेर संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र पूर्ण समानुपातिक संसद÷प्रदेशसभाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);