आज तराईमा हुस्सु,सुदूरपश्चिममा बदली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

आज तराईमा हुस्सु,सुदूरपश्चिममा बदली

काठमाडौं, १० पुस । हाल देशको कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  तराईका थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);