‘योःमरि’ नेपालमा अधिकतम रुचाउने खानामा सुसूचित भएको छ : नेता श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

‘योःमरि’ नेपालमा अधिकतम रुचाउने खानामा सुसूचित भएको छ : नेता श्रेष्ठ

काठमाडौं,१० पुस । नेपाली कांग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला बिभाग प्रमुख सानुकान्छा श्रेष्ठले ज्यापु दिवस, उधौली पर्व र योःमरि पुन्हीको अवसरमा सम्पुर्ण नेपालीहरुमा शुुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा सोमबार एक विज्ञप्ती जारी गर्दै अधिवक्तासमेत रहेका श्रेष्ठले ‘योःमरि’ नेपालको प्रमुख रैथाने र अधिकतम रुचाउने खानामा सुसूचित भएको उल्लेख गरेका छन् । योमरीको विदेशमा समेत माग बढदै गइरहेको उनको भनाइ छ ।

आज मङ्सिर शुक्ल पूर्णिमा, आज नेवाः समुदायमा नयाँ धानको चामलको पिठो मुछेर चाकु,खुवाबाट ‘यःमरी’ परिकार बनाउने र देव देवताहरु र धानको भकारिमा यःमरि राखेर पुजा गरि योःमरि खाने प्रचलन रहेको छ ।

यस दिनलाई ‘योःमरी पुन्ही’ नामले चिनिन्छ र देशभर ठूलो पर्वको रूपमा मनाउने गरिन्छ । किसानहरूले धान भित्राएर भकारी भरिसक्ने समय भएकाले धनधान्यले पूर्ण हुने र अन्नको दुःख नहुने कामना गर्दै उक्त चार्ड मनाइने भएकाले आजको दिनलाई धान्यपूर्णिमा भन्ने पनि गरिएको हो ।

‘योःमरि’ खानाको आफ्नै महत्व रहि आएको छ । खासगरी कृषि तथा किसानसँग जोडिएको यो खाना नयाँ धान र चामलसँग सम्बन्ध रहेको छ । नयाँ चामलको आगमनसँगै ‘यःमरि’ बनाई पर्वको रूपमा खाने र खुवाउने चलन रहेको छ । हाल यो पर्व सम्पूर्ण देशवासीले ग्रहण गरेको पाइन्छ ।

प्रजातन्त्र स्थापनापश्चात नेपाल सरकारले ‘यःमरि पुन्हि’कै दिनलाई पारेर ‘ज्यापु दिवस’को रूपमा मनाउने मान्यता दिएको हो । काठमाडौंमा ‘ज्यापु दिवस’ भव्यरूपले मनाउने प्रचलन रहँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);