इजरायली आक्रमणमा इरानी जनरल मारिए | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

इजरायली आक्रमणमा इरानी जनरल मारिए

काठमाडौं,१० पुस । इरानको रिभोलुसनरी गार्ड फोर्सका जनरल सैयद राजी मौसावी सिरियामा इजरायली हवाई आक्रमणमा मारिएका छन् । जनरल मौसावी सिरियाली सरकारका सैन्य सल्लाहकार थिए र उनी बारम्बार सिरिया भ्रमण गर्थे।

सिरियाको भ्रमणमा रहेका मौसावीलाई इजरायली विमानले दमास्कस नजिकै निशाना बनाएको थियो । मौसावी लामो समयदेखि सिरियाली सरकारका सल्लाहकार थिए र अमेरिकी आक्रमणमा मारिएका रिभोलुसनरी गार्ड कमाण्डर कासिम सुलेमानीको टोलीका सदस्य थिए।

इरानले मौसवीको मृत्युप्रति दुःख व्यक्त गर्दै बदला लिने घोषणा गरेको छ । डिसेम्बरमा नै इजरायलको अर्को हवाई आक्रमणमा रिभोलुसनरी गार्डका दुई वरिष्ठ अधिकारी मारिएका थिए।

त्यस्तै, हिजबुल्लाहले इजरायली सहरहरूमा रकेट आक्रमण गरेपछि सोमबार इजरायली विमानहरूले लेबनानमा अतिवादी संगठनका स्थानहरूमा हवाई हमला गरेका थिए। यी आक्रमणबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);