मोरङमा कैद भुक्तान सकिने दिनमै कैदीको मृत्युपछि तनाबग्रस्त कोशी अस्पताल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

मोरङमा कैद भुक्तान सकिने दिनमै कैदीको मृत्युपछि तनाबग्रस्त कोशी अस्पताल

विराटनगर, ९ पुस । विराटनगरस्थित मोरङ कारागारमा आज कैद भुक्तान सकिने दिनमै एक जना कैदीको मृत्यु भएको छ । लेनदेनको ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीया चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको हो ।
सहनी आजै कैद भुक्तान गरी घर जादै थिए । उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कारागार प्रशासनले पेट पोल्ने र श्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले भने उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।

उनको आजै कैद भुक्तान सकिने दिन थियो । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आइरहेका थिए । उनलाई मोरङ जिल्ला अदालतले २०७८ मंसिरमा १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । फरार रहेका उनलाई २०७९ माघ १७ गते पक्राउ गरेर अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);