नेपाल सुपर लिगको उपाधिमा चुम्ने धनगढी, पोखरा र काठमाडौं दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

नेपाल सुपर लिगको उपाधिमा चुम्ने धनगढी, पोखरा र काठमाडौं दाबी

काठमाडौं,९ पुस । धनगढी, पोखरा थन्डर्ससहित काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा फाइनल पुग्ने विश्वास गरेका छन् ।

आईतवार यस सिजन प्लेअफमा पुगेका चार टोलीको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससहित शीर्ष दुई स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका पोखरा थन्डर्स र धनगढी एफसीले फाइनलमा पुग्ने विश्वास गरेका हुन् । सोमवार नै पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढीबीच प्रतिष्पर्धा हुँदैछ ।

धनगढीका प्रशिक्षक युगलकिशोर राईले गत संस्करणमा चुके पनि यसपटक जसरी पनि ट्रफी उचालेरै छोड्ने बताउनु भयो । प्रशिक्षक राईले अब लिग चरणको प्रदर्शनले खासै अर्थ नराख्ने उल्लेख गर्दै सोमवार राम्रो प्रदर्शन गर्ने टोलीले नै नतिजा आफ्नो बनाउने विश्वास व्यक्त गर्नुभयो । यता, धनगढीका कप्तान देवेन्द्र तामाङ भने जित्नैका लागि मैदान उत्रिने उल्लेख गर्दै सोमवारको खेललाई सहज रूपमा लिएका नलिएको बताउनु भयो । लिगमा पोखरा र धनगढीले १–१ को बराबरी खेलेका थिए । पहिलो क्वालियफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

पोखरा थण्डर्सका प्रशिक्षक नवीन न्यौपाने प्लेअफ खेल सहज नहुने धारणा राख्नुहुन्छ । प्ले अफमा पुग्ने सबै टोली बराबर जस्तै रहेको उनको धारणा छ । सबै टोली सेट भइसकेकाले प्लेअफ खेल्न सहज नहुने उनी बताउँछन् । पाएको अवसर सदुपयोग गर्नसक्ने टोलीले नै जित निकाल्ने प्रशिक्षक न्यौपानेले बताउनु भयो । पोखराका कप्तान दिनेश राजवंशीले टोलीलाई फाइनल पु¥याउने लक्ष्य रहेको उल्लेख गर्दै लिगको शीर्ष स्थानमा रहनुले मनोबल बढ्ने धारणा राख्नुभयो । उहाँले केही दिनको आराम केही सहज भएको उल्लेख गर्नुभयो ।

धनगढीको सामना गर्न आफ्नो टोली पूर्ण तयार रहेको बताउनु भयो । मंगलवार इलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । लिग चरणमा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहेका थिए । काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको लक्ष्य उपाधि रक्षा गर्ने रहेको बताउनु भयो ।

ललितपुरलाई हराएर इलिमिनेटर खेलेकाले सोही स्प्रिड र इफोर्ट मंगलवार पनि दोहो¥याउने उनको विश्वास छ । ललितपुरविरुद्ध शतप्रतिशत दिने उनको भनाइ छ । काठमाडौं रेजर्सका कप्तान अञ्जन राई पनि टोलीको लक्ष्य उपाधि रक्षा गर्नु रहेको धारणा राख्नुहुन्छ । लक्ष्य उपाधि रक्षा गर्ने रहेकाले सोहीअनुरूपको प्रदर्शन गर्ने उनको विश्वास छ । लिग चरणमा पहिलो वा दोस्रो स्थानमा रहने लक्ष्य भएपनि वीरगञ्जसँगको हारले त्यो पूरा हुन नसकेको उहाँको भनाइ थियो ।

लिग चरणको अन्तिम खेलमा ललितपुलाई १–० ले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान बनाएको थियो । ललितपुरका प्रशिक्षक इयान गिलान काठमाडौंविरुद्ध उत्कृष्ट प्रदर्शनको आशामा छन् । गर या मर अवस्थामा धेरै तनाव नलिइ सकारात्मक भएर खेल्ने उनको लक्ष्य छ ।

पछिल्लो केही खेलमा राम्रो प्रदर्शन भए पनि गोल भने निस्कन नसकेको उहाँको भनाइ थियो । केही गल्तीहरुलाई सुर्धादै उत्कृष्ट प्रर्दशन गर्ने प्रयास रहने उहाँ बताउनु हुन्छ । ललितपुरका मार्की तथा कप्तान अनन्त तामाङ गल्तीहरुलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने बताउनु हुन्छ । पछिल्ला चार खेलमा गोल नभएकाले गल्तीहरुलाई सुधार गर्दै टोली स्कोर निकाल्ने लक्ष्यमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);