काठमाडौं,८ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालिन न्याय सहमतिमै टुंग्याउनेबारे छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांगेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
शीर्ष नेताहरुबीच अर्को बैठक सोमबार बेलुका ४ बजे बस्नेगरी छलफल भएको हो ।