खैरो हेरोइनसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

खैरो हेरोइनसहित ३ जना पक्राउ

कैलाली, ६ पुस । अवैध लागूऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१ अत्तरिया बस्ने ३१ वर्षीय सुरेश बुढामतवालालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलितग्रामसहित बाँके खजुरा गाउँपालिका-७ उढरापुर बस्ने २० वर्षीय दिपक पुनमगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ फुटाहास्थित चेक पोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम ७ मिलिग्रामसहित  बुटवल उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय बेगम बुढा मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले पैदल आएका उनलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);