एजेन्सी, ५ पुस ||
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् । जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिलाई समेटेर सार्वजनिक गरिएको तथ्यांकहनुसार यस अवधिमा ५२ हजार ९४५ अवैध आप्रवासीहरू स्पेन पुगेको देखाएको हो । यो २०२२ को सोही अवधिको तुलनामा ७६.२ प्रतिशतले बढी हो । सन् २०१८ यता ५७ हजार ४९८ जना अवैध रुपमा आएका थिए । त्यसपछिको यो नै ठूलो रेकर्ड हो । २०२३ मा अवैध आप्रवासी आगमन समुन्द्रको माध्यमबाट रहेको थियो । ती मध्ये ७२ प्रतिशत क्यानरी टापुहरूमा पुगेका छन् । क्यानरी टापु मार्गलाई संसारको सबैभन्दा घातक आप्रवासी मार्ग मानिन्छ । जहाँ आप्रवासीहरूले कम्तिमा सय किलोमिटर खुला समुन्द्र पार गरेर आउनुपर्छ । स्पेनिस एनजीओ क्यामिनान्डो फ्रन्टेरासले अनुमानअनुसार २०१८ देखि २०२२ को बीचमा ७ हजार ८ सय आप्रवासीको यात्राका क्रममा मृत्यु भएको थियो ।
सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
१३ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
१३ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
१४ घन्टा अघि




