सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे

एजेन्सी, ५ पुस ||
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् । जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिलाई समेटेर सार्वजनिक गरिएको तथ्यांकहनुसार यस अवधिमा ५२ हजार ९४५ अवैध आप्रवासीहरू स्पेन पुगेको देखाएको हो । यो २०२२ को सोही अवधिको तुलनामा ७६.२ प्रतिशतले बढी हो । सन् २०१८ यता ५७ हजार ४९८ जना अवैध रुपमा आएका थिए । त्यसपछिको यो नै ठूलो रेकर्ड हो । २०२३ मा अवैध आप्रवासी आगमन समुन्द्रको माध्यमबाट रहेको थियो । ती मध्ये ७२ प्रतिशत क्यानरी टापुहरूमा पुगेका छन् । क्यानरी टापु मार्गलाई संसारको सबैभन्दा घातक आप्रवासी मार्ग मानिन्छ । जहाँ आप्रवासीहरूले कम्तिमा सय किलोमिटर खुला समुन्द्र पार गरेर आउनुपर्छ । स्पेनिस एनजीओ क्यामिनान्डो फ्रन्टेरासले अनुमानअनुसार २०१८ देखि २०२२ को बीचमा ७ हजार ८ सय आप्रवासीको यात्राका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);