काठमाडौं, ३ पुस । विश्व सामाजिक मञ्चको सोह्रौ संस्करण नेपालमा हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो ।
संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुनेछ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एशियामा सन् २००४ मा आयोजना भएको थियो । फेब्रुअरी १५ का दिन विहान ऐक्यवद्धता ¥यालीपछि खुलामञ्चमा जम्मा हुनेछ ।
विश्वभरबाट ५० हजारको संख्यामा सहभागि हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरुमा विभिन्न सत्रहरु आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताउनु भयो । उहाँले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरुलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरुमा केन्द्रित रहने बताउनु भयो । उहाँले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाध्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताउनु भयो ।
उहाँले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताउनु भयो ।