वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोलन किन भयो स्थगित ! | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोलन किन भयो स्थगित !

काठमाडौं,३ पुस । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमवार १३ औं दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् ।

उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थ्गित भएको बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीसँगको भेटमा मन्त्री किराँतीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताउनु भयो । मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र सरकारले स्वामित्व लिने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगन गरेको महासचिव महेशप्रसाद भट्टराईले बताउनु भयो ।

नेपाल वायुसेवा निगम माथि पटकपटक गरिने आक्रमण बन्द गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);