कार्यालय सहयोगी र सरसफाइ सुपर भाइजरसहित १४ किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

कार्यालय सहयोगी र सरसफाइ सुपर भाइजरसहित १४ किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुग्यो

काठमाडौं,२ पुस । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गरिरहेको विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेल नेतृत्वको समितिले यो प्रकरणमा अहिलेसम्म विमानस्थलका सरसफाइ सुपर भाइजरसहित ९ जनालाई नियन्त्रणमा लिएको हो ।

छानबिन समितिले पछिल्लो पटक सरसफाइ सुपरभाइजर मनसुन पाण्डे, सफाइ कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र एयर साइड अफिसमा कार्यरत रमेश देउला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा करारमा कार्यरत कर्मचारीहरू र प्लम्बर छन् ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । घले त्यतिबेला पक्राउ परेका थिए दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टविनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);