मुग्लिनबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

मुग्लिनबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते (नामावलीसहित)

काठमाडौं, १ पुस । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको ब्यासमा दुघर्टना हुँदा १८ जना यात्रु घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बस ब्यास नगरपालिका कमलबारीमा टिप्परलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको हो ।

तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार घाइते भएका छन् ।

त्यसैगरी, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका प्रहरीले जनाएको छ ।

यसैगरी घाइते हुनेमा भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् ।

प्रहरीको अनुसार घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र ८ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);