मोटरसाइकल चोरेर नम्बरप्लेट परिवर्तन गर्दैगर्दा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

मोटरसाइकल चोरेर नम्बरप्लेट परिवर्तन गर्दैगर्दा दुई जना पक्राउ

काठमाडौं,१ पुस । मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगररपालिका–१४ कलंकीबाट २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ  र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका–८ किरनचौरका हुन् ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा–प्र ०२–०४० प ६३८१ नम्बर तथा बा.प्र ०२–०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);