नोट गन्दा थुक नलगाउँनुहोस्,लक्ष्मी अप्रसन्न हुन्छिन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नोट गन्दा थुक नलगाउँनुहोस्,लक्ष्मी अप्रसन्न हुन्छिन्

काठमाडौं,१ पुस । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व दिइएको छ। सुखी र शान्तिमय जीवनका लागि वास्तुका कुराहरूमा विशेष ध्यान दिनुपर्छ। यदि तपाईंले वास्तुशास्त्रको नियमहरू पालन गर्नुभयो भने, तपाईंले जीवनमा धेरै समस्याहरूबाट छुटकारा पाउन सक्नुहुन्छ। वास्तुशास्त्रमा यस्ता धेरै कुराहरु उल्लेख गरिएको छ जसको पालना गर्नाले धन र व्यापारमा वृद्धि हुन्छ र जीवनमा सकारात्मक परिवर्तन आउँछ । आउनुहोस् जानौं वास्तुका कुन–कुन कुराहरूमा ध्यान दिनुपर्छ।

वास्तुशास्त्रका अनुसार घरमा कतै पनि पानी जम्मा हुन नदिने, घरमा पानी जम्मा हुँदा मानिसलाई वास्तु दोषको सामना गर्नु पर्ने जनविश्वास रहेको छ ।

यदि तपाई आफ्नो घरमा सकरात्मक उर्जा वास गर्न चाहनुहुन्छ भने वाशिङ मेसिन र फ्रिजलाई सधैं पश्चिम वा दक्षिण दिशामा राख्नुहोस्। वास्तु शास्त्रका अनुसार यी दिशाहरू राख्नु शुभ मानिन्छ।

राति भान्सामा फोहोर भाँडाकुँडा छाड्दा घरमा लक्ष्मीको बास हुँदैन् । धन सम्बन्धी समस्याको सामना गर्नुपर्दा आमा अन्नपूर्णा रिसाउनुहुन्छ ।

वास्तुशास्त्रमा भनिएको छ कि घरमा पानीको धाराबाट पानी टपक्नु हुँदैन् । यदि यस्तो हुन्छ भने, यसलाई सकेसम्म चाँडो प्लम्बरबाट मर्मत गर्नुहोस् । धाराबाट पानी पर्दा वास्तु दोष उत्पन्न हुन्छ ।

शास्त्रमा बेलुकी पख सुत्नु अशुभ मानिएको छ । बेलुका सुत्दा मानिसले आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ, त्यसैले यस्तो अवस्थामा यस्तो गल्ती गर्नु हुँदैन ।

वास्तुशास्त्रका अनुसार नोट गन्दा थुक्दा लक्ष्मीलाई अप्रसन्न हुन्छ । त्यसैले भूलवश पनि नोट गन्दा थुक्नु हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);