जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन्ः उपमहासचिव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन्ः उपमहासचिव गुरुङ

काठमाडौं, ३० मंसिर ||
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताउनुभएको छ । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताउनु भयो । उहाँले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गर्नुभयो । उहाँले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताउनु भयो । उहाँले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताउनु भयो । उहाँले राजनीतिक रुपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताउनु भयो ।
एमाले पहिचानबिरोधी होइन, एमाले पहिचानबिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);