युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८१, बिहीबार

युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी

एजेन्सी, २९ मंसिर । संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ । प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीहरूको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो । जसमा १० बालबालिका छन् ।

मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिव २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणमा अन्य १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

त्यस्तै अर्का गाजा निवासीले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताउनु भयो ।

आफूहरुले बम बिष्फोटको आवाज मात्रै सुनेको र विनाशपछि मानिसहरुकोशव मात्रै देखेको केही स्थानीहरुले बताएका छन् । सो क्षेत्रमा १० वटा घरहरु ध्वस्त भएको बताइएको छ ।

 

गाजा अक्टोबर ७ देखि ठूलो इजरायली घेराबन्दी र बमबारीमा छ । जसमा अहिलेसम्म १८ हजार ६ सय प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने ५० हजार ५९४ जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);