इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय,श्रम सम्झौताबमोजिम मात्रै जान सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय,श्रम सम्झौताबमोजिम मात्रै जान सुझाव

काठमाडौं, २८ मंसिर ।  वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै जनाउँदै सचेत रहन आग्रह गरेको छ । नेपाल र इजरायलबीचको श्रम सम्झौताबमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट कामदार पठाउने काम भइरहेको भन्दै विभागले रोजगारीको प्रलोभनमा नपर्न सबैलाइ सचेत गराएको हो ।

वैदेशिक रोजगार विभागले कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि कुनै पनि निर्णय भइनसकेको पनि स्पष्ट गरेको छ । विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरू क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रहसमेत गरेको छ ।

यस्तो खालको ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागले जारी गरेको सूचनामा उल्लेख छ। इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा आएकाले सचेत रहन विभागको आग्रह छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);