भारतीय संसदमा कसले गर्यो आक्रमणको प्रयास ? | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भारतीय संसदमा कसले गर्यो आक्रमणको प्रयास ?

काठमाडौं, २८ मंसिर । भारतीय संसदमा आक्रमणको प्रयास भएको आशंका गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार संसद चलिरहेका वेला एक व्यक्ति हामफालेपछि बैठक स्थगित भएको छ । संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक दिर्घाबाट अपरिचित एक व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेपछि बैठक स्थगित भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

सांसदहरु बसेको ठाउँमा हाम्फालेर कुदेलगत्तै ती व्यक्तिले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएपछि सभाहल धुवाँको मुस्लोले ढाकिएको थियो ।

हंगामा मच्चाउनेलाई सांसदहरुले नियन्त्रणमा लिएका छन्। हिउँदे अधिवेशनको समयमा लोकसभामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । आक्रमणका वेला प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा उपस्थित नभर्एको बताइएको छ । सांसदहरुले संसदभित्र धुँवाको मुस्लो फैलिएपछि केही पड्किएको आवाज आएको समेत बताएका छन् सन् २००१ मा आजकै दिन डिसेम्बर १३ मा भारतको संसदमा भएको आक्रमणमा फेरी दोहरिनबाट बचेको सांसदहरुले प्रतिक्रिया दिएका छन् । त्यो दिनको सम्झनामा मृतकहरुप्रति श्रृद्धाञ्जली व्यक्त पनि गरिएको छ । त्यो घटनामा ५ जना बन्दुकधारीसहित १२ जनाभन्दा बढी मारिएका थिए । भारतले उक्त आक्रमण भारतविरोधी लडाकु समूहले गरेको र पाकिस्तानले सघाएको आरोप अझै पनि लगाइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);