बारम्बार अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने कांग्रेसभित्र उठ्यो प्रश्न | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बारम्बार अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने कांग्रेसभित्र उठ्यो प्रश्न

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको बैकठमा सहभागी भइ बाहिरिने क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पटक पटक अवसर पाइसकेकाहरुको मूल्यांक भइसकेको र उनीहरुबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बतउनु भयो । उहाँले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरुको मूल्यांकन सबैले गरेको छ । उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो । राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ । फेरि अहिले अवसर दिनुपर्ने कारण के हो ? यो विषयमा महामन्त्री, उपसभापतिहरुले जिब्रो नचपाइकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ ।’

 

नेता घिमिरेले बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);