अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन

काठमाडौं, २७ मंसिर ||
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नुभएका ओलीले बुधवार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो । कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो । सो आयोजनाका ४ सय २० लाभान्वित घरधुरी रहेका छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि शुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);