वायुसेवा निगमका थप २ अधिकृत पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

वायुसेवा निगमका थप २ अधिकृत पक्राउ

काठमाडौं, २७ मंसिर । नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने समुहमा संम्लग्न त्रिभुवन विमानस्थलका अधिकृतहरु अरविन्द यादव र विश्वनाथ कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

यस अघि नै नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेल पक्राउ परेका हुन् । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।

भिजिट भिसामा विदेश जानेहरुसँग शंकास्पद कागजात भेटिएपछि अनुसन्धान गर्दै जादा फर्जी कागज बनाउने गिरोहको कारखानासम्म प्रहरी पुगेको थियो ।

अधिकृतहरुले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);