पशुपति क्याम्पसबाट नक्कली प्रमाणपत्र बनाएका महासंघका अध्यक्ष गहतराज | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पशुपति क्याम्पसबाट नक्कली प्रमाणपत्र बनाएका महासंघका अध्यक्ष गहतराज

काठमाडौं, २७ मंसिर । इशाई धर्म प्रचारमा खटिएका चरीबहादुर गहतराजले आफूलाई सीबी गहतराजका नामले चिनाउँदै आएका थिए ।

इशाई धर्म प्रचार र त्यससँग गतिविधिमा उनी सक्रिय थिए । उनले आफूलाई नेपालमा इशाई धर्मको सबैभन्दा प्रभावशाली व्यक्तिका रुपमा चिनाउँथे । तर, उनको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको छ ।

गहतराजको प्रमाणपत्रको वास्तविकता बाहिर आउनुमा ख्रीष्टियन महासंघभित्रको विवाद पनि हो । पदका लागि विवाद भएपछि एउटा समूहले उनको भण्डाफोर गरिदियो ।

उनले स्नातकको प्रमाणपत्र नक्कली बनाएर पत्रिकाको सम्पादक बनेको समेत खुलेको छ । उनलाई प्रहरीले सप्रमाण मंगलबार अपरान्ह सिंहदरबारबाट पक्राउ गरेको छ । पशुपति क्याम्पसबाट स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली बनाएका छन् उनले ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);