हिरासहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

हिरासहित भारतीय नागरिक पक्राउ

diamond stolen
काठमाडौं,२६ मंसिर । अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनले बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघमा लगी परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply