अभियन्ता ईः ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

अभियन्ता ईः ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने

काठमाडौं, २६ मंसिर । अभियन्ता ईः ले ललितपुर महानगरपालिकाले गरेको निर्णय बारे पुनर्विचार गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ललितपुरमा साझ–बिहान फुटपाथ व्यापार गर्न दिन आग्रह गरेका हुन् ।

साझ बिहानको फुटपाथ व्यापार ललितपुरबासीको सपना भएको पनि उनको भनाइ छ । शहर धनीलाई मात्र नभइ सबैका लागि भएको उल्लेख गर्दै उनले लेखेका छन्,‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।’

दबाब स्वरुप उनले ललितपुर महानगरपालिकाको कार्यालय अगाडी मंगलबार साझ ३ बजेदेखि १०८ मिनेट उभिने बताएका छन् । ईः ले यसअघि पनि काठमाडौं महानगरभित्रका फुटपाथ व्यवसायीको पक्षमा १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडी उभिएर विरोध जनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);