सुनको रानीहारसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सुनको रानीहारसहित २ जना पक्राउ

बर्दिया,२५ मंसिर । सुनका विभिन्न गरगहनासहित एकजना पक्राउ परेका छन् बारबर्दिया नगरपालिका–९ कर्तनियाबाट बिल नभएका ३ सय ४७ ग्राम ०७१० मिलिग्रामको सुन जस्तो देखिने पथ्थर जडित रानीहार १ थान लगायतका बिभिन्न गर–गहना, ३ हजार ७ सय ३० नेपाली रूपैयाँ र ४ हजार २० रूपैयाँ भारतीय रूपैयाँसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाँके राप्ती सोनारी गाउँपालिका–२ बस्ने ३८ वर्षीय दिपेन्द्र घर्ती मगर र बाँके नेपालगंज उपमहानगरपालिका–१९ बस्ने २९ वर्षीय मोहन बिक रहेका छन् । प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले प्रदेश ३(०१०२३ च ८१६८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त गहना र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);