एजेन्सी, २५ मंसिर । बलिउड फिल्म ’एनिमल’ले बक्स अफिसमा रोकिने संकेत देखाएको छैन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो एक्सन प्याक फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । डिसेम्बर १ मा हलमा आएको यो चलचित्र रिलिज भएको १० दिन बितिसकेको छ ।
एनिमलको पहिलो हप्ता राम्रो रह्यो तर दोस्रो हप्ता पनि रणवीर कपुरको सबैभन्दा धेरै हेरिएको फिल्मको लागि राम्रो साबित भयो । क्बपबलष्पि.अयm को रिपोर्ट अनुसार रणवीर कपुरको एनिमलले आइतबार १० औं दिन करिब ३७ करोडको व्यापार गरेको छ ।
’एनिमल’ ले हालसम्म घरेलु बक्स अफिसमा कुल ४३२ करोड २७ लाखको व्यापार गरेको छ । यी आँकडासँगै फिल्मले घरेलु बक्स अफिसमा २०१६ मा रिलिज भएको आमिर खानको सबैभन्दा ठूलो फिल्म ‘दंगल’ को कलेक्शन पनि पार गरेको छ । रिपोर्टका अनुसार आमिर खानको दंगलले भारतमा कुल जीवनकालमा ३८७ करोड ३८ लाख रुपैयाँ कमाएको थियो।
रणवीर कपुर–रश्मिका मन्डन्ना र बबी देओल अभिनित फिल्म ‘एनिमल’ ले सलमान खानको बजरंगी भाईजान, हलिउड फिल्म एभेन्जर्सः एन्डगेम, सञ्जु, सुल्तान, टाइगर जिन्दा है, लियो, जेलरलगायतका फिल्मलाई पछि पारेको छ ।
‘एनिमल’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने १२ औं फिल्म बनेको छ । भारतीय बक्स अफिसमा रणबीर कपुरको फिल्मले कमाईमा अग्रपंक्तिमा रहेका फिल्ममध्ये पीके, अवतारः द वे अफ वाटर, २.०, बाहुबलीः द बिगिनिङ, जवान, पठानलगायत धेरै फिल्म छन् ।