ब्राजिलमा भूमिहीन श्रमिक आन्दोलन शिविरमा आगलागी,नौ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ब्राजिलमा भूमिहीन श्रमिक आन्दोलन शिविरमा आगलागी,नौ जनाको मृत्यु

एजेन्सी,२५ मंसिर । ब्राजिलको उत्तरी राज्य पारामा रहेको भूमिहीन श्रमिक आन्दोलन ःक्त् सँग सम्बन्धित शिविरमा शनिबार राति आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

पराउपेबास सहरमा रहेको ग्रामीण किसान शिविरमा इन्टरनेटको तार काट्ने क्रममा विद्युतीय सञ्जालमा सर्ट भएर उक्त घटना भएको एमएसटीले जनाएको छ ।

स्थानीय समय अनुसार राति करिब ८ बजेतिर सर्ट सर्किट भएको दुर्घटनाबारे सामुदायिक अगुवाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

जब एन्टेनाले उच्च भोल्टेज नेटवर्क छोयो, यसले बिजुलीको तार र शिविरमा रहेका केही झुपडीहरूमा आगो निम्त्यायो। मृत्यु भएका नौमध्ये ६ जना शिविरसँग सम्बन्धित र तीनजना इन्टरनेट कम्पनीका कर्मचारी थिए ।

आठ घाइतेमध्ये सात जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एकजनाको ज्यान खतरामा नरहेको भए पनि गम्भीर आगो लागेको अवस्थामा अस्पताल भर्ना गरिएको छ । एमएसटीका अनुसार दमकलले आगो नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);