रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेल निर्माणमा समर्थन गर्छः पुटिन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेल निर्माणमा समर्थन गर्छः पुटिन

एजेन्सी,२४ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेलको स्थापनालाई समर्थन गर्ने बताउनुभएको छ । रुसी विज्ञहरुले यो कदमले पश्चिमा शक्तिहरुको एकाधिकारलाई चुनौति दिने दाबी गरेका छन् ।

पश्चिमाहरुले बजार अर्थतन्त्रको सिद्धान्तलाई नष्ट गरेको आरोप उनीहरुले लगाएका छन् । रुसको जीडीपी १० महिनाको अवधिमा यस वर्ष ३.२ प्रतिशतले बढेको छ । पुटिनले वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३ दशमलव ५ प्रतिशत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले सबै वाह्य दबाबका बाबजुद पनि मार्च २०२२ यता रुसमा काम गर्ने विदेशी कम्पनीको संख्या बढेको र रुस जो कोहीसँग पनि काम गर्न खुला रहने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);