झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस् | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस्

काठमाडौं, मंसिर २१ ||
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनुभएको छ । बिहीवार पर्वतमा मेची—महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही पहिचानवादीहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरुलाई बुद्धि सच्याउन आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्नेकुरा सिकाउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ति नलगाउन चुनौति दिनुभयो । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर अघि बढ्ने चेतानवी दिनुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकु, घाईते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताउनु भयो । अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको बताउनु भयो । उहाँले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);