काठमाडौं, २१ मंसिर ||
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गर्नुभएको छ । गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेख्नुभएको हो । २०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उहाँले सो पत्र लेख्नुभएको हो । धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन’
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तिमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।
संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह
ताजा समाचार
जसपा नेपालले बोलायो केन्द्रीय विभागहरूको बैठक
५६ मिनेट अघि
ठिक ३३ वर्षअघि यसकारण टुक्रिएको थियो सोभियत संघ
२ घन्टा अघि