एनसेलको शेयर कारोबार तत्काल रोक्न लेखा समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

एनसेलको शेयर कारोबार तत्काल रोक्न लेखा समितिको निर्देशन

lekha samiti

काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।

बुधवार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धि कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै वास्तविकता पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न पनि निर्देशन दिएको छ ।

समितिले एनसेल शेयर खरिद बिक्रीबारे थप धारणा लिन र समसामयिक विषय बुझ्नका लागि आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);