छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं, २० मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महसुस भएपछि सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएको छ ।

मंगलबार राति छातीमा असहज महसुस भएपछि सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनुभएका श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ ।

उहाँको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको बताइएको छ । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा श्रेष्ठको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।

उहाँको स्वास्थ अवस्था स्थिर रहेको छ । मंगलबार साँझ सत्तागठबन्धनको बैठकमा सहभागी श्रेष्ठलाई अबेर राति अस्पताल लगिएको हो ।

Leave a Reply