काठमाडौँ, १९ मंसिर । एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड प्रदर्शनमा सहभागीहरूले बोकेका देखिन्छ ।
अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन् । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।




