नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड राख्दै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड राख्दै

काठमाडौं, १८ मंसिर । दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएर १ लाख २१ हजार ६ सय पुगेको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

सोमबार कारोबार भइरहँदा सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५ सय ४५ रुपैयाँमा स्थिर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);