काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ भने सरकारमा सहभागी मन्त्रीहरुको कामकारबाहीको समीक्षा गर्ने बताइएको छ ।