आज ३ राशिको व्यापार चल्नेछ, काममा पनि प्रगति हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

आज ३ राशिको व्यापार चल्नेछ, काममा पनि प्रगति हुने

काठमाडौं, १८ मंसिर । आजको दिन सबै राशिका लागि महत्वपूर्ण दिन रहेको छ । धेरै प्रमुख ग्रहहरुको राशि परिवर्तनले सबै राशिहरुलाई आफ्नो घर अनुसार असर गरेको छ । यी मध्ये, केहि राशि चिन्हहरूले अधिकतम लाभ प्राप्त गरेका छन्। उनको इच्छा अनुसारको व्यापार बढेको छ । साथै, धेरै राशिका व्यक्तिहरूले आज साँचो प्रेम पाउनेछन्।

मेष राशि
आजको दिन तपाईको उतार चढावले भरिपूर्ण रहनेछ। कतिपयको स्वास्थ्यमा चिन्तित रहन सक्छ । व्यापारमा घाटा बेहोर्नु पर्नेछ । विपक्षी वर्ग सक्रिय हुनेछन् । परिवारमा आपसी मतभेद बढ्न सक्छ। श्रीमतीसँग विवाद हुनसक्छ ।

वृष राशि
तपाईको लागि आजको दिन सामान्य रहनेछ। योजनाबद्ध कार्यहरू सम्पन्न हुनेछन्। स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। व्यापार व्यवसायमा आर्थिक अवस्था बिग्रन सक्छ । घरपरिवारमा कुनै कुरामा मनमुटावको स्थिति रहनेछ।

मिथुन राशि
आज तपाईं आफ्नो परिवार संग कतै बाहिर जान सक्नुहुन्छ। स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ मिल्नेछ । नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। नयाँ गाडी वा घर आदि किन्न सकिनेछ।

कर्कट राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। कुनै विशेष कामको लागि बाहिरी यात्रामा जान सकिनेछ। अदालत पक्षको जित हुनेछ। व्यापार व्यावसायमा आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन् । परिवारमा मान सम्मान बढ्नेछ। परिवारको हितमा आज ठूलो निर्णय लिन सकिनेछ।

सिंह राशि
आजको दिन केही समस्याले भरिएको हुन सक्छ। अनावश्यक वादविवादमा फस्न सक्छ । तपाईमाथि केही झूटा आरोप लाग्न सक्छ। स्वास्थ्यको दृष्टिकोणले आज तपाई कमजोर महसुस गर्न सक्नुहुन्छ। नजिकको व्यक्तिको मनमा चिन्ता रहनेछ। आज तपाईको व्यवसायमा परिवर्तन गर्नु तपाईको लागि राम्रो हुनेछैन। मन अशान्त रहनेछ। घरपरिवारमा कुनै कुरामा झगडा हुनसक्छ ।

कन्या राशि
आज तपाईको नजिकको व्यक्तिको व्यवहारले तपाईलाई समस्या पर्न सक्छ। आफन्तसँग ठूलो विवाद हुन सक्छ। स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ । श्रीमतीको स्वास्थ्य बिग्रन सक्छ । व्यवसायमा साझेदारबाट धोका हुन सक्छ । पैतृक सम्पत्तिको विषयमा घरपरिवारमा विवाद हुनेछ । सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोस्। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्।

तुला राशि
आज तपाई कुनै विशेष कामको लागि बाहिर जान सक्नुहुन्छ। तपाईंले आफ्नो परिवारमा चिनेको व्यक्तिलाई सदाको लागि गुमाउन सक्नुहुन्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटना हुनसक्छ । व्यापारमा आज घाटा बेहोर्नु पर्नेछ । तपाईंको पार्टनरले तपाईंलाई छोड्न सक्छ। परिवारमा प्रियजनबाट सहयोग मिल्नेछ। श्रीमतीसँगको सम्बन्ध राम्रो रहनेछ ।

वृश्चिक राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। तपाईका योजनाबद्ध कार्यहरू पूरा हुनेछन्। तपाईं आफ्नो पार्टनर संग बाहिर जान सक्नुहुन्छ। मन प्रसन्न रहनेछ। आज केही नयाँ कामको जिम्मेवारी मिल्नेछ । व्यापार व्यवसायमा लाभदायक स्थिति रहनेछ। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। परिवारमा मान सम्मान बढ्नेछ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ ।

धनु राशि
आज तपाई अदालतमा केही विवादमा फस्न सक्नुहुन्छ। अत्याधिक कामका कारण स्वास्थ्य बिग्रन सक्छ । मन उदास रहनेछ। व्यापारमा घाटाको सम्भावना रहनेछ । तपाईंको पार्टनरले तपाईंलाई धोका दिन सक्छ। घरपरिवारमा सम्पत्तिको कारणले मनमुटावको स्थिति सिर्जना हुनेछ । परिवारका सदस्यहरू तपाईंको विरुद्धमा जान सक्छन्। सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । कुनै नयाँ कामको थालनी नगर्नुहोस्।

मकर राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। तपाईंले लामो समयदेखि प्रयास गरिरहनुभएको काममा सफलता मिल्नेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । आज नयाँ घर, सवारी साधन खरिद गर्न सकिनेछ। यो समय परिवारसँग खुसीसाथ बित्नेछ। परिवारमा मान सम्मान बढ्नेछ। श्रीमतीसँग मनमुटाव हुन सक्छ ।

कुम्भ राशि
आजको दिन केही समस्याले भरिएको हुन सक्छ। अनावश्यक विवादमा फस्न सक्छ । अधिकारीहरूसँग मतभेद बढ्न सक्छ। अदालतमा घाटा बेहोर्नु पर्न सक्छ। तपाईको चलिरहेको व्यापारिक काममा बाधा आउन सक्छ। परिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । परिवारमा कसैको स्वास्थ्य बिग्रन सक्छ, जसका कारण मानसिक चिन्ता कायम रहनेछ।

मीन राशि
तपाईको लागि आजको दिन राम्रो रहनेछ। तपाईंले आज आफ्नो जीवनमा ठूलो निर्णय लिन सक्नुहुन्छ, जसको फाइदाहरू तपाईंले भविष्यमा देख्नुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्। तर्कबाट टाढा रहनुहोस्। व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ । बाँकी रहेको रकम प्राप्त हुनेछ । आज परिवारसँग धार्मिक यात्रामा जान सकिनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);