काठमाडौं, १८ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७१ पैसा र विक्रिदर १४५ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७३ पैसा र विक्रिदर ८९ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।