पेरिसको एफिल टावर नजिक प्यालेस्टिनी समर्थकमाथि हमला | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पेरिसको एफिल टावर नजिक प्यालेस्टिनी समर्थकमाथि हमला

एजेन्सी, १७ मंसिर । इजरायल–हमास युद्धको असर विश्वभर देखिएको छ । शनिबार राति पेरिसको एफिल टावर नजिकै एक प्यालेस्टिनी समर्थकले छुरा प्रहार गरेको थियो ।

जसमा एक जर्मन पर्यटकको मृत्यु भएको थियो । जबकि कैयौं घाइते भएको बताइएको छ । अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार आक्रमणकारी गाजासहित विश्वभर मुस्लिमहरूको मृत्युलाई लिएर आक्रोशित थिए।

उनको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ । एक ट्याक्सी चालकले भने कि जब अभियुक्तले मानिसहरूमाथि चक्कु प्रयोग गरे, तब उनी अल्लाह हु अकबर भन्दै थिए।

मिडिया रिपोर्टका अनुसार आरोपीले सन् २०१६ मा आक्रमण गर्ने प्रयास गरेका थिए । उनी सन् २०२० मा रिहा भएका थिए । उनी आफ्ना आमाबुवासँग दक्षिण पेरिसमा बस्छन्।

जेरुसेलम पोस्टका अनुसार इजरायलले वेस्ट बैंकबाट अजान दिने इमामलाई पक्राउ गरेको थियो। उनीमाथि हमासलाई सहयोग गरेको आरोप लागेको छ । इमामलाई शुक्रबार पक्राउ गरिएको हो ।

यसै क्रममा शनिबार राति इजरायलमा आइरन डोम नियन्त्रणबाहिर गयो । जेरुसेलम पोष्टका अनुसार आइरन डोमबाट मिस फायरको घटना बाहिर आएको छ। रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);