काठमाडौँ, १५ मंसिर। मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएका छन् ।
बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ।
यसैगरी,नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।